हेमजा। हेमजा भेट्रान्स कपको उपाधिका लागि पोखरा १२ र १३ भिड्ने भएका छन्।
बिहिवार भएको सेमिफाइनलको पहिलो खेलमा पोखरा १२ ले १० लाई ७–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। पोखरा १२ का नितिस श्रेष्ठले खेलको ६,४९,र ५५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे। सचितजंग थापा, सुरज श्रेष्ठ, सन्तोष कार्की तिर्थराज आचार्यले समान एक गोल गरे। उक्त खेलको म्यान अफ द म्याच पोखरा १२ का नितिस श्रेष्ठ घोषित भए।
सोहि दिन भएको दोस्रो सेमिफाइनल खेलमा पोखरा १३ ले १७ लाई ३–१ गोल अन्तरले पराजित गर्दे फाइनल प्रवेश गर्यो। सो खेलमा पोखरा १३ का नरेन्द्रजंग गुरुङले २८ औं र ४७ औं मिनेटमा दुई गोल गरे। राजकुमार गुरुङले एक गोल थपे।
पोखरा १७ का बेदबहादुर थापाले खेलको ६७ औं मिनेटमा १ गोल गर्न सफल भएका थिए। उक्त खेलको म्यान अफ द म्याच पोखरा १३ का नरेन्द्र घोषित भए।
यससँगै शुक्रबार हेमजा भेट्रान्स कप उपाधिका लागि पोखरा १२ र १३ भिडने छन्। प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख ११ हजार ११ र द्धितिय हुनेले ५५ हजार पाँच सय ५५ नगद प्राप्त गर्नेछन्। साथै सर्वोकृष्ट खेलाडीलाई पाँच हजार र सर्वाधिक गोलकर्ता, गोलरक्षक, डिफेन्डर, मिडफिल्रड र फरवार्डलाई दुई हजार रुपैयाँको साथमा ट्रफी प्रदान गरिने छ।