काठमाडौं। वर्षाले खेल प्रभावित भएपछि अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत सुपर एटमा बंगलादेशलाई डीएलएस पद्धतिमा पराजित गरेको छ।
शुक्रबार बिहान सम्पन्न खेलमा अस्ट्रेलिया २८ रनले विजयी भएको हो। १४१ रनको लक्ष्य अस्ट्रेलियाले पछ्याउँदै गर्दा वर्षा भएको थियो। त्यसपछि अस्ट्रेलियाले ७३ रनको नयाँ लक्ष्य पाएको थियो। तर, अस्ट्रेलियाले ११.२ ओभरमा दुई विकेट गुमाउँदै १०० रन बनाइसकर्को थियो।
अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। ३५ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। ट्राभिस हेड ३१ र मिचेल मार्श एक रनमा आउट हुँदा ग्लेन म्याक्सवेल १४ रनमा अपराजित रहे।
बंगलादेशका रिशाद हुसेनले सर्वाधिक दुई विकेट लिए।