काठमाडौं। ओपनर फिल साल्टको आक्रामक ब्याटिङसँगै इङ्ल्यान्डले आइसिसी ट्वा्टी-२० विश्वकपअन्तर्गत सुपर एटको पहिलो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको छ।
बिहीबार सम्पन्न खेलमा इङ्ल्यान्ड आठ विकेटले विजयी भएको हो। वेस्ट इन्डिजले दिएको १८१ को लक्ष्य इङ्ल्यान्डले १७.३ मा दुई विकेट गुमाउँदै पूरा गर्यो।
साल्टले अविजित रहँदै ८७ रन बनाए। ४७ बल खेलेका उनले सात चौका र पाँच छक्का प्रहार गरे। कप्तान जोस बटलर २५ र मोइन अली १३ रनमा आउट हुँदा जोनी बेयरस्टो ४८ रनमा अविजित रहे। वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक विकेट लिए।
त्यसअघि ड्यारेन सैमी राष्ट्रिय क्रिकेट स्टेडियम, सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८० रन बनाएको थियो।
वेस्ट इन्डिजका जोनसन चार्ल्स सर्वाधिक ३८ रन बनाए। ३४ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। निकोलस पूरन र रोभम्यान पावेलले समान ३६ रन बनाए। ब्रान्इन रजा २३ रनमा आउट हुँदा शार्फेन रदरफोर्ड २८ र रोमारियो शेफर्ड पाँच रनमा अविजित रहे।
इङ्ल्यान्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक विकेट लिए। जितसँगै इङ्ल्यान्डले दुई अंक जोडेको छ।