काठमाडौं। क्लाउस गजासुलाको आत्मघाती गोलसँगै क्रोएसिया युरोकपमा अल्बानियासँग बराबरीमा रोकिएको छ।
बुधबार राति सम्पन्न खेलमा क्रोएसिया र अल्बानियाले २-२ गोलको बराबरी खेलेका हुन्।
खेलको ११औं मिनेटमै काजिम लासीले गोल गर्दै अल्बानियालाई सुरुआती अग्रता दिलाएका थिए। तर, ७४औं मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै खेल बराबरीमा ल्याए।
७६औं मिनेटमा गजासुलाले आत्मघाती गोल गर्न पुग्दा खेलमा क्रोएसियाले २-१ को अग्रता लिएको थियो। तर, दोस्रो हाफको इन्ज्युरी समयमै उनले नै गोल गर्दै अल्बानियालाई बचाए।
योसँगै पहिलो खेलमा स्पेनसँग ३-० गोलअन्तरले पराजित भएको क्रोएसियाले एक अंकमा चित्त बुझाएको छ।