पथरी। मोरङ जिल्ला ए डिभिजन लिग फुटबलको बुधबार विराटनगरस्थित सहिद रंगशालामा हुने खेल वर्षा बाधक बनेपछि बेलबारी सारिएको छ ।
अबिरल वर्षपछि रंगशालामा पानी जमेको कारण खेल खेलाउन नसकिएको मोरङ जिल्ला फुटवल संघले जनाएको छ ।
रंगशालामा करिव २ फुट पानी जमेपछि खेल खेलाउन सम्भव नभए पछि समूह क को अन्तिम चरणको खेल बुधबार बेलबारीमा गर्ने गरि सारिएको हो । विराटनगरसहित पूर्वमा अबिरल वर्षा हुँदा यो क्षेत्रका मैदान पानीले जलमग्न हुने गरेको छ।