काठमाडौं। क्रोएसियाका मिडफिल्डर निकोला भ्लासिचले युरोकप गुमाउने भएका छन्। मांसपेशीको चोटका कारण उनले प्रतियोगिता गुमाउने भएका हुन्।
क्रोएसियाले समूह 'बी' मा अल्बानियाविरुद्ध खेल्नुभन्दा एक दिनअघि मंगलबार उनले आफ्नो नाम फिर्ता लिएका हुन्। सिरी 'ए' मा टोरिनोका लागि खेल्दा चोट लागेका कारण भ्लासिक युरोअघि क्रोएसियाको टोलीमा नखेल्ने अनुमान गरिएको थियो।
तर, टोलीले उनलाई समावेश गरिएको थियो। पोर्चुगलविरुद्धको मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीका रूपमा उनी मैदान प्रवेश गरेका थिए। तर क्रोएसियाको युरोकपको पहिलो खेलमा स्पेनसँग ३-० ले पराजित भएको खेलमा उनी बेन्चमा रहे।
क्रोएसियाका प्रशिक्षक ज्लाटको डालिचले एमआरआई पछि भ्लासिकले टोली छोडेको पुष्टि गरेका छन् । डालिचले अन्य सबै खेलाडी ह्याम्बर्गमा हुने खेलका लागि फिट रहेको बताए ।