एजेन्सी । अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोना अस्पताल भर्ना भएका छन् । अस्वस्थ्य भएपछि म्यारोडोना ब्युनोस आयर्सको एक अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ ।
पेटभित्र अन्तरिक रक्तश्राप भएपछि म्यारोडोना शनिबार अस्पताल भर्ना भएको बताईएको छ । उनको शल्यक्रिया गरिने जनाईएको छ । तर, म्यारोडोनाको स्वास्थ्य स्थित जटिल भने नरहेको अन्तर्राष्ट्रिय समचार संस्था रोयटर्सले जनाएको छ ।
८५ बर्षिय म्यारोडोना दुई साता अघि मात्र अस्पतालबाट घर फर्किएका थिए । अर्जेन्टिनालाई विश्वकप जिताउने खेलाडी म्यारोडोना पछिल्लो समय अस्पतालमा बढी समय बिताइरहेका छन् ।