पथरी । सहिद स्मारक सी डिभिजन लिगमा सहभागी भएका पथरीशनिश्चरे नगरका चार जना फुटबल खेलाडीलाई सम्मान गरिएको छ।
पथरी-११ फुटबल क्लबले मंगलबार एक कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो । सी डिभिजन लिग विजेता टोली बागमती युवा क्लबका मिडफिल्डर सनम धिमाल, आरसी ३२ क्लबका डिफेन्डर धिरेन विष्ट, समाज कल्याण क्लबका फरवर्ड निरोज परियार र मनोहरा क्लबका गोलरक्षक समीर क्षेत्री सम्मानित भएका हुन्। धिमाल र विष्ट आवद्ध क्लबले आगामी सिजन बी डिभिजन लिग खेल्ने छ्न्।