लमजुङ । प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगितामा खुदी, मर्स्याङ्दी युवा क्लब, सामना भेट्रान्स, सेने ग्यादरिङ र दोर्दी भेट्रान्सले जित हासिल गरेका छन्।
लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा सोमबार सम्पन्न खेलमा खुदीले हिमचुलीलाई ४-० गोलअन्तरले हरायो। अर्को खेलमा मर्स्याङ्दीले आदर्श युवा क्लबलाई ७-० गोलअन्तरले हराउँदा सेनेले वाकओभर पायो।
दिनको अन्तिम खेलमा दोर्दीले भोटेओडारलाई सडनडेथमा ४-३ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो।