लमजुङ । प्रथम भेट्रान्स लमजुङ कप फुटबल प्रतियोगितामा पहिलो दिन दुई खेल सम्पन्न भएको छ।
लमजुङ फुटसलको आयोजनामा बेसीसहरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्रीन भ्यालीले भाग्लुङ्ग भेट्रान्सलाई ८–२ ले पराजित गर्यो।
ग्रीन भ्यालीको जितमा नरेश केसीले ह्याट्रिकसहित ६ गोल गरे। उनले खेलको चौथो, १७औँ, २०औँ, ५९औँ, ६५औँ, ६९औँ मिनेटमा गोल गरे। यस्तै, कन्या सुब्बाले गुरुङले खेलको २५औँ मिनेटमा गोल गरे भने हेमन्त थापाले ५३औँ मिनेटमा गोल थपे। सुरु प्रतियोगिताको दिनको दोस्रो खेलमा लमजुङ फुटसल रातोले मकै डाडा युथ क्लबलाई ३–१ ले पराजित गर्यो।
लमजुङको जितमा निकेश गुरुङले खेलको २७औँ मिनेटमा गोल गरे। तुलमा गुरुङले ६४औँ मिनेटमा गोल गरे भने शिव श्रेष्ठले ६५औँ मिनेटमा गोल गर्दै तीन एकको जित दिलाए। यता, मकै डाडाका लागि सन्ताेष रिजालले खेलको ६३औँ मिनेटमा गरेको गोल सान्त्वान बन्यो।
जारी प्रतियोगितामा ३५ वर्षमाथिका खेलाडीहरू र ३० वर्षमाथिका दुई जना समावेश गर्न पाइने आयोजकले जनाएको छ। विजेताले ५० हजार, उपविजेताले २५ हजार र ट्रफी पदकरप्रमाण पत्र पाउने छन्। सर्वाधिक गोलकर्ता र उत्कृष्ठ खेलाडीले २५ सय र मायाको चिनो पाउने आयोजकले जनाएको छ।