काठमाडौं। कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी बलिङमा चम्किएसँगै आइसिसी ट्वान्टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ।
ओर्नोस वेल ग्राउन्ड, किंग्सटाउन, सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११५ रन बनाएको हो।
दक्षिण अफ्रिकाका ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। कप्तान एडेन मार्कराम १५ र क्विन्टन डि कक १० रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २७ रनमा अविजित रहे।
नेपालका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीले चार ओभर बलिङ गर्दै २१ रन खर्चिएर तीन विकेट लिए।