इलाम। सन् १९६० मा पहिलो पटक प्रतियोगिता आयोजना भएयता युरोले फुटबलको इतिहासमा सबैभन्दा अविस्मरणीय क्षणहरू प्रदान गरेको छ।
१९८८ मा सोभियत युनियनविरुद्ध डच खेलाडी मार्को भान बास्टेनको ऐतिहासिक भली गोल, सन् २००४ मा अन्डर डग टिमको रूपमा पोर्चुगललाई हराएर उपाधि जितेको ग्रिस, डेनिस गोलरक्षक पिटर स्माइचेलमाथि क्रोएसियाका डेभोन सुकरको चिप गोल, सन् १९९२ मा जित्नका लागि डेनमार्कका खेलाडीहरू समुद्र तटबाट बोलाइएका, १९७६ मा पेनाल्टी प्रहारको नयाँ रूप पानेन्का आविष्कार गर्ने एन्टोनिन पानेन्का वा १९८४ प्रतियोगितामा मिसेल प्लाटिनीको वर्चस्व प्रत्येक चार वर्षमा नयाँ नायकहरू र अविस्मरणीय क्षणहरू युरोमा सिर्जना भइरहेका छन्।
फुटबलको एक महिना लामो महोत्सवमा शुक्रबार रातीबाट सुरु हुँदैछ। आयोजक जर्मनीले एलियान्ज एरिनामा घरेलु समर्थकबीचमा स्टीभ क्लार्कको स्कटल्यान्डको सामना गर्दैछ। तर युरोकपको उद्घाटन खेलमा जुलियन नागेल्सम्यानको टिमविरुद्ध अन्डर डगको छवि बनाउन स्कटल्यान्डलाई सहज हुनेछैन। मार्क टेर स्टेगेन एन्टोनियो रुडिगर, जोसुआ किमिच टोनी क्रुस र इल्के गुन्डोगन जर्मन टोलीका मेरुदण्ड हुन्।
जबकि फ्लोरियन विर्ट्ज र जमियल मुसियालाको युवा प्रतिभाले देखाउँदछ। उनीहरू जर्मन फुटबलरहरूको नयाँ पुस्ता हो जोसँग विश्वासयोग्य आकांक्षाहरू राखिएका छन्। प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, ब्राइटन, लिड्स युनाइटेड, नर्विच सिटी, सेल्टिक, एस्टन भिल्ला, साउथ हेम्पटनसँगै अमेरिकी र साउदी प्रो लिग खेलिरहेका खेलाडीहरू स्कटिस टोलीमा छन्।
स्कटिस टोलीको लक्ष्य ३ संस्करण विजेता जर्मनीको जस्तो कठिन छैन। ३२ वर्ष पहिलाको नतिजा उल्ट्याउनु नै उसको सफलता हुनेछ। यसअघि १९९२ को संस्करणमा जर्मनीले खेल २–० ले जितेको थियो। जर्मनी विरुद्ध प्रमुख प्रतियोगितामा स्कटल्यान्ड तेस्रो पटक भिड्दै छ। १९८६ को विश्वकप र १९९२ को युरोकपमा भिडेका थिए। पछिल्ला १३ खेलमा स्कटल्यान्डले जर्मनी विरुद्ध १ जितमा मात्र निकाल्न सकेको छ।
सन् १९९९ को मैत्रीपूर्ण खेलमा डन हचिसन ब्रेमेनले निर्णायक गोल गरेका थिए। यस समूह ‘ए’ हंगेरी र स्वीजरल्यान्ड पनि छन्। १९९२ र १९९६ को संस्करण खेलेपछि युरोका २००० देखि २०१६ सम्मका संस्करणमा छनोट हुन असफल स्कटल्यान्डले त्यसपछि भने लगातार २ संस्करण खेलेको छ।
तर समूह चरण पार गर्न सकेको छैन। यसपल्टको उसको एक मात्र उद्देश्य रहनेछ, पहिलो पटक नकआउट चरणमा पुग्ने। छनोट चरणमा स्कटल्यान्डको प्रदर्शन निकै उच्च रहेको थियो। ८ खेलमा स्पेन विरुद्ध १ पराजय बाहेक ५ मा जीत र २ बराबरी खेल्दै युरोको लागि छनौट भएको हो।