काठमाडौं। लेबनानमा आयोजना हुने फोर नेसन्स कपका लागि नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण २५ खेलाडी समेटिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३० खेलाडीबाट २५ खेलाडीलाई प्रशिक्षणमा समेटिएको जनाएको छ।
लेबनानमा हुने प्रतियोगिताका सहभागी अन्य टोलीको जानकारी प्राप्त नभएको एन्फाले बताइएको छ। टोली अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बन्द प्रशिक्षण गरिरहेका छन्।
टोली फुटब टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः अमृता जैसी, गीता राणा, हिरा कुमारी भुजेल, विमला विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे, प्रतीक्षा चौधरी
मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ, चन्द्र भण्डारी