पथरी। मोरङ जिल्ला ‘बी’ डिभिजन लिगको उपाधि त्रिवेणी बाचनालयले जितेको छ।
कानेपोखरीस्थित रमाइलो खेल मैदानमा बिहीबार सम्पन्न लिगको अन्तिम खेलमा रानी युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै त्रिवेणीले उपाधि जितेको हो।
योसँगै त्रिवेणी र रानी युवा क्लब ‘ए’ डिभिजन लिगमा बढुवा भएका छन्। विधागत रूपमा उत्कृष्ट गोलरक्षक त्रिवेणीका केशव विक, उत्कृष्ट डिफेन्समा रानीका अनिल चौधरी, उत्कृष्ट मिल्डफिल्डर रमाइलोका तारा श्रेष्ठ, उत्कृष्ट फरवार्ड एम्ब्रीयोका मिक्सन दास र सर्वोकृष्ट खेलाडी रानीका अंकित लिम्बू घोषित हुँदा उत्कृष्ट प्रशिक्षक सुनिल चौधरी भए।