काठमाडौं। विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ।
उक्त प्रतियोगिता एपिएफसहित २२ टोलीले खेल्ने एसियन फुटबल महासंघ (एएफसी)ले जनाएको हो। एएफसीका अनुसार लिगको प्रारम्भिक छनोट अगस्ट २५ देखि ३१ सम्म हुनेछ। समूह चरणका खेलहरू अक्टोबर ६ देखि १२ सम्म हुनेछ। यस्तै, फाइनल खेल २०२५ मेमा हुने तालिका छ।
फिफा महिला वरियताअनुसार शीर्ष आठ राष्ट्र सीधै समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। १४ क्लबले भने प्रारम्भिक छनोट खेल्नुपर्ने हुन्छ। जोर्डन, मलेसिया, साउदी अरब र थाइल्यान्डले प्रारम्भिक छनोट आयोजना गर्नेछन्। समूह चरणको खेल चीन र भियतनाममा हुनेछ।
समूह विभाजन तथा प्रारम्भिक छनोटको तालिका जुलाई १८ मा घोषणा हुने एएफसीले जनाएको छ।