काठमाडौं। जर्मनीका मिडफिल्डर अलेक्जेन्डर पावलोभिच युरोकपमा स्कटल्यान्डविरुद्ध खेल्नुभन्दा चार दिनअघि क्याम्पबाट बाहिरिएका छन्। उनी सोमबार अस्वस्थताका कारण क्याम्पबाट बाहिरिएका हुन्।
शुक्रबार ग्रीससँगको मैत्रीपूर्ण खेलमा २–१ को जित हात पारेपछि घोषणा गरिएको २६ सदस्यीय टोलीमा पावलोभिच अटाएका थिए। उनी कहिले टोलीमा फर्किन्छन् भन्ने बताइएको छैन।
बायर्न म्युनिखका २० वर्षीय मिडफिल्डर पावलोभिकको ब्रेकआउट सिजन थियो। उनी आफ्नो क्लबका लागि दुर्लभ ट्रफीरहित अभियानका एक हिस्सा थिए।
गत मार्चमा जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले पावलोभिचलाई राष्ट्रिय टोलीमा बोलाएका थिए। तर टन्सिलाइटिसका कारण उनी खेल्न पाएनन्। उनले गत साता युक्रेनसँग खेल्दै अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका थिए।