पथरी । मोरङ जिल्लास्तरीय ‘बी’ डिभिजन फुटबल लिगमा रानी युवा र त्रिवेणी बाचनालय विजयी भएका छन्। सोमबार सम्पन्न खेलमा रानीले एम्ब्रियो युवा क्लबलाई पराजित गर्दा त्रिवेणीले रमाइलो युवा क्लबलाई निराश बनायो।
लिगमा रानीको लगातार दोस्रो जित हो भने त्रिवेणीको पहिलो जित हो। रमाइलो लिगका दुई खेल खेलिसक्दा जितविहीन रहेको छ।
कानेपोखरीस्थित रमाइलो खेल मैदानमा भएको पहिलो खेलमा रानी युवा क्लबले एम्ब्रियो युवा क्लबलाई ३–० गोलले पराजित गर्यो। रानी युवा क्लबको जितम अंकित लिम्बूले दुई र मौसम लिम्बूले एक गोल गरे। म्यान अफ द म्याच रानीका अंकित घोषित भए।
त्यस्तै, सोमबार नै भएको अर्को खेलमा त्रिवेणी बाचनलयले रमाइलो युवा क्लबलाई ४–० गोलले पराजित गरेको छ। त्रिवेणीका लागि युवराज श्रेष्ठले दुई, सुजन राई र इन्द्र राईले एक–एक गोल गरे। म्यान अफ द म्याच त्रिवेणीका केशव विक घोषित भए।
लिगको शीर्षस्थानमा रहेको रानी दुई खेलमा अपराजित रहेको छ। रमाइलो लिगको पुछारमा छ।