काठमाडौं। नेदरल्यान्ड्सका प्लेमेकिङ मिडफिल्डर फ्रेन्की डी जोङ युरोकपको पहिलो खेलभन्दा एक साताअघि नै प्रशिक्षणमा फर्किएका छन्।
प्रशिक्षक रोनाल्ड कोम्यानले आइतबार उनी प्रशिक्षणमा फर्किएको जानकारी दिएका हुन्।डी जोङले यो सिजन घुँडाको चोटका कारण संघर्ष गरेका छन् र अप्रिलयता कुनै पनि खेल खेलेका छैनन्।
'उनी प्रशिक्षणमा सहभागी थिए तर हामीले उनलाई कुनै पनि सम्पर्कबाट टाढा राखेका थियौं,' सोमबार आइसल्यान्डविरुद्धको अन्तिम तयारी मैत्रीपूर्ण खेलअघि कोम्यानले पत्रकार सम्मेलनमा भने।