काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको तेस्रो खेलमा पनि सिलेट सिक्सर्सको प्लेइङ सेटमा परेका छन् ।
अहिले केहि बेरमा ढाका डाइनामाइट्सविरुद्ध हुने खेलका लागि सन्दीप सुरुवाती ११ मा परेका छन् । अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीप तेस्रो खेलमा समेत सिक्सर्सको टिममा अटाएका हुन् ।
डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । दोस्रो खेलमा भने सन्दीप विकेट बिहिन बने । सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए ।
ढाकामा हुने खेलमा ढाका डाइनामाइट्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ । सन्दीपको टिमले बलिङ गर्नेछन् ।
ढाकाविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा कोमीला भिक्टोरियन्ससंग पराजित सन्दीपको टिम सिक्सर्सले दोस्रो खेलमा चितागोङ भीकिङसलाई हराएको थियो ।
सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर पाँचौ स्थानमा छ । ढाका ६ अंक जोडेर शीर्ष स्थानमा छ ।