काठमाडौं। इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले बिहीबार युरोकपका लागि अन्तिम २६ सदस्यीय टोलीको घोषणा गरेका छन्। उनले ज्याक ग्रेलिश र ह्यारी मागुइरेलाई बाहिर राख्दै अन्तिम टोली घोषणा गरेका हुन्।
म्यानचेस्टर सिटीका फरवार्ड ग्रेलिशले प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन्। उनले लिगमा तीन गोल गरेका थिए। टोटनह्यामका प्लेमेकर जेम्स म्याडिसन पनि टोलीमा अटाएका छैनन्।
म्यानचेस्टर युनाइटेडका डिफेन्डर मागुइरेले फिटनेस टेस्ट पास गर्न सकेनन्। गत महिना प्रशिक्षणका क्रममा उनको खुट्टामा चोट लागेको थियो।
'यो समरमा इङ्ल्यान्डका लागि युरोकपमा खेल्न नपाउँदा म स्तब्ध छु,' मागुइरेले एक्समा लेखेका छन्, 'भरपुर प्रयासका बावजुद मैले आफ्नो चोटबाट पार पाउन सकेको छैन।'
युरोकप जर्मनीमा जुन १४ देखि सुरु हुँदैछ ।
इङ्ल्यान्डको टोली:
गोलकिपर : डीन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन), आरोन राम्सडेल (आर्सनल)
डिफेन्डरः लुइस डंक (ब्राइटन), जो गोमेज (लिभरपुल), मार्क गुएही (क्रिस्टल प्यालेस), एज्री कोन्सा (एस्टन भिल्ला), ल्यूक श (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किरन ट्रिपियर (न्युक्यासल), काइल वाकर (म्यानचेस्टर सिटी)
मिडफिल्डरः ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड (लिभरपुल), जुड बेलिङ्घम (रियल मड्रिड), कोनोर गालाघर (चेल्सी), कोबी माइनु (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल), एडम व्हार्टन (क्रिस्टल प्यालेस)
फरवार्ड : जारोड बोवेन (वेस्ट ह्याम), इबेरेची इजे (क्रिस्टल प्यालेस), फिल फोडेन (म्यानचेस्टर सिटी), एन्थोनी गोर्डन (न्युक्यासल), ह्यारी केन (बायर्न म्युनिख), कोल पामर (चेल्सी), बुकायो साका (आर्सनल), इभान टोनी (ब्रेन्टफोर्ड), ओली वाटकिन्स (एस्टन भिल्ला)