काठमाडौं। नेदरल्यान्ड्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा क्यानडालाई पराजित गरेको छ।
बिहीबार राति सम्पन्न एकपक्षीय बनेको खेलमा नेदरल्यान्ड्स ४-० गोल अन्तरले विजयी भएको हो। नेदरल्यान्ड्सका मेम्फिस डिपे, जेरेमी फ्रिमपोङ, वाउट वेघोर्स्ट र भर्जिल भ्यान डाइकले गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलको नेदरल्यान्ड्सले चारै गोल दोस्रो हाफमा गरेको थियो।
खेलको ५०औं मिनेटमा डिपेले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसको सात मिनेटपछि नै जेरेमीले गोल गर्दा नेदरल्यान्ड्स २-० को स्थितिमा पुग्यो।
६३औं मिनेटमा वेघोर्स्टले गोल गरे। ८३औं मिनेटमा भ्यान इाइकले गोल गर्दै टोलीलाई ४-० को फराकिलो जित दिलाए।