काठमाडौँ । कप्तान सुनील क्षेत्रीको बिदाइ खेलमा कुवेतसँग भारत बराबरी रोकिएको छ। फिफा विश्वकप छनोटअन्तर्गत घरेलु मैदान साल्ट लेक स्टेडियम बिहीबार सम्पन्न खेलमा भारत गोलरहित बराबरीमा रोकिएको हो।
योसँगै भारतले पाँच खेलबाट पाँच अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। भारत रहेको समूह ए मा कतार १२ अंकसहित शीर्ष स्थानमा रहेको छ।
४० वर्षीय क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए। क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।
क्षेत्रीले १५० खेलमा ९४ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेसी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गरेका छन्।
क्षेत्री भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि हुन्।