काठमाडौं। बागमती युवा क्लब र आरसी ३२ फुटबल एकेडेमी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सानेपासँग पुल्चोक स्पोर्ट्स क्लब २-१ गोल अन्तरले पराजित भएसँगै ‘बी’ डिभिजन लिगमा बढुवा हुने टोलीको टुंगो लगोको हो।
दुई खेल खेल्न बाँकी रहेको बागमतीको ११ खेलबाट २६ अंक छ । आरसी ३२ ले १२ खेलबाट २३ अंक जोडेको हो।