काठमाडौं। पोर्चुगलले म्यानचेस्टर सिटीका मिडफिल्डर म्याथ्युज नुनेसलाई युरोकप खेल्ने टोलीमा बोलाएको छ।
साउदी अरबको क्लब अल नासरबाट खेल्दै गर्दा घाइते भएका ओटाभियो जुन १४ देखि सुरु हुने युरो २०२४ अघि रिकभर नहुने भएपछि उनलाई टोलीमा बोलाइएको हो।
ओटाभियो पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोका सहकर्मी हुन्।नुनेसले १२ क्याप खेलेका छन्। तर, १८ महिनाअघि सन् २०२२ को विश्वकपयता कुनै पनि प्रतिस्पर्धात्मक खेलमा छैनन्।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले गत वर्ष समूह ‘क्वालिफाइङ’ मार्फत १० जित निकाल्ने क्रममा उनलाई टोलीमा राखेका थिएनन्।
इंग्लिस प्रिमियर लिगको उपाधि सिजनमा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका लागि नुनेस नियमित ‘स्टार्टर’ पनि थिएनन्। युरो २०२४ को समूह ‘जी’ मा पोर्चुगलसँगै चेक रिपब्लिक, जर्जिया र टर्की छन्।