काठमाडौं। फ्रान्सेली स्ट्राइकर किलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिडमा भित्रिएका छन्।
रियलले सोमबार २५ वर्षीय फ्रान्सेली स्टारसँग आगामी पाँच सिजनका लागि सम्झौता गरेको हो। योसँगै उनी सन् २०२९ सम्म रियलमा रहने छन्। रियलले उनलाई कति रकम खर्चिएर भित्र्याएको हो खुलाएको छैन।
युरोकप तयारीका लागि फ्रान्स्रेली टोलीसँगै रहेका एमबाप्पेलाई औपचारिक रूपमा कहिले सार्वजनिक गर्ने भन्नेबारे पनि रियलले केही बताएको छैन। यद्यपि, एम्बाप्पेले आफ्नो एउटा सपना पूरा भएको बताएका छन्।
‘एउटा सपना साकार भयो। मेरो सपनाको क्लबमा अनुबन्धन हुन पाउँदा निकै खुसी र गौरवान्वति छु। म अहिले कति उत्साहित छु भन्ने कुरा कसैले बुझ्न सक्दैनन्,’ उनले सामाजिक सञ्जाल एक्समा भनेका छन्।
दुई दिनअघि मात्र च्याम्पियन्स लिगको फाइनलमा बोरुसिया डर्टमन्डलाई २–० गोल अन्तरले हराउँदै रियलले कीर्तिमानी १५औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।