एजेन्सी । कुरा, सन् २०१५ को सिजन हो । राफा बेनिटेज नापोलीका प्रशिक्षक थिए । ईटालियन सिरि एमा निरन्तरको खराब नतिजापछि नापोली बेनिटेजको विकल्प खोज्न बाध्य भयो । दृष्य आए, माउरिजियो सर्री । उनैले नापोलीमा बेनिटेजको ठाउँ लिए ।
उनै माउरिजियो यति बेला प्रिमियर लिगमा बढुवा भएका छन् । उनी अहिले लण्डन क्लब चेल्सीको लगाम समाईरहेका छन् । नापोलीमा रहदाँ स्थानान्तर गरेका बेनिटेज यति बेला प्रिमियर लिगकै अर्को क्लब न्युक्यासल हेरिरहेका छन् ।
दुवै फेरी एक पटक भेट गर्दैछन्, स्टामफोर्ड ब्रिजमा । जहाँ सर्रीले न्युक्यासलका बोश बेनिटेजलाई आतिथ्यता प्रदान गर्दैछन् ।
प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुदैछ । सबैको नजर यतिबेला सर्री र बेनिटेजले खिचेका छन् ।
घरेलु टोली चेल्सी मुख्य फरवार्ड अल्भारो मोराटाको चोटले पिरोलिएको छ । चोटका कारण उनले लिग कपको सेमिफाईनलमा टोटेनहमविरुद्वको खेल गुमाएका थिए । फ्रान्सेली क्लब मोनाको पुगेका सेस फाब्रिगास समेत अब चेल्सीको जर्सीमा हुने छैनन् ।
‘सबै कुरा प्रष्ट छ, म बजारमा केन्द्रित छैन । मैले क्लबलाई राम्रोसंग भनिसकेको छु, हामीलाई दुई खेलाडी आवश्यक छ ।’ उनले भने, ‘यो सबै क्लबमा निर्भर छ । मलाई बजारको बिषयमा खासै थाहा छैन ।’
न्युक्यासलका प्रशिक्षक बेनिटेजले भने, ‘गत जनवरीमा हामी खराब अवस्थामा थियौ । तर हामीले दशौँ स्थानमा रहेर लिगको अन्त्य ग¥यौ ।’
‘यो ठुलो शहर हो र ठुलो क्लब हो । धेरै मानिसहरु आ आफ्नो धारणा राख्छन् । तर बास्तवमा हामी जतिबेला एक भएर खेल्छौ । हामी बलियो हुन्छौ । त्यो हामीले च्याम्पियनसिप र गत सिजन देखाईसकेका छौ ।’ उनले थपे ।
चेल्सी ४४ अंक सहित तालिकाको चौथो स्थानमा छ । क्रिस्टल प्यालेस २२ अंक सहित चौधौ स्थानमा रहेको छ ।
आजै राति हुने अन्य खेलमा वेस्ट ह्यामले आर्सनलसंग खेल्नेछ । ब्रिङ्टोनले लिभरपुललाई आतिथ्यता प्रदान गर्दा वर्नली भने फुलहमको भ्रमणमा निस्कनेछ । कार्डिफ सिटीले हुडर्सफिल्डलाई आथित्यता प्रदान गर्दा क्रिस्टल प्यालेसले वाटफोर्डसंग खेल्ने । अर्को खेलमा लेस्टर सिटीले साउथह्याम्टनसंग प्रतिस्पर्धा गर्नेछ ।