काठमाडौं । थाइल्याण्ड महिला टी -ट्वान्टी स्मास क्रिकेटको पहिलो खेलमा नेपाललाई चीनले ४९ रनको सामान्य लक्ष्य दिएको छ ।
थाइल्याण्डको बैंककमा टस हारेर ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाउन सक्यो । चीनका लागि झाङ चानले १३ रन जोडिन ।
नेपालका लागि करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिईन् । सिता रानाको नाम एक विकेट रह्यो ।
समूह 'ए' मा रहेको नेपाल चीनलाई हराएर शुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
त्यस्तै, नेपालले आईतबार मलेसिया, सोमबार युएई र बुधबार थाईल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोली अन्तिम ४ मा प्रवेश गर्नेछन् ।