एजेन्सी । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक आले गुनर सोल्सायरले युवा स्ट्राइकर मार्कुस राष्फोर्ड उत्कृष्ट स्ट्राइकर रहेको बताएका छन् ।
प्रशिक्षक सोल्सायरले स्ट्राइकर राष्फोर्डसंग उत्कृष्ट स्ट्राइकरसंग हुनुपर्ने गुणहरु रहेको कारण इंग्ल्यान्डका कप्तान ह्यारी केन जत्तिकै उत्कृष्ट स्ट्राइकर रहेको दाबी गरे ।
'हामी केन र उनको क्षमताको कुरा गर्छौं । मार्कुससंग उनको जत्तिकै क्षमता छ,' प्रशिक्षक सोल्सायरले भनेका छन् ।
यस सिजन २१ बर्षीय राष्फोर्डले युनाइटेडबाट ७ गोल गरिसकेका छन् । राष्फोर्डले रोमेरो लुकाकु, पाउल पोग्बा र एन्थोनी मार्सियलसंग उच्च गोलकर्तामा दाबेदार दिईरहेका छन् ।
प्रशिक्षक सोल्सायरले राष्फोर्डको गतिबाट धेरै खेलाडी डराउन समेत बताए ।
'राष्फोर्डसंग काम गर्न धेरै इच्छुक छ । उ एक टप स्ट्राइकर बन्न सक्नेछन्,' प्रशिक्षक सोल्सायरले भने, 'उनको डरलाग्दो गती छ । उ एकदमै बलियो र बल पकड राख्न सक्छन ।'
प्रिमियर लिग अन्तर्गत युनाइटेडले आइतबार टोटेनहमसंग प्रतिस्पर्धा गर्दैछ ।