काठमाडौं। रानीवन स्पोर्ट्स क्लबले सहिद स्मारक सी डिभिजन लिगमा मनोहरा युनाइटेड यूथ क्लबलाई बराबरीमा रोकेको छ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा रानीवनले मनोहरालाई १-१ गोलको बराबरीमा रोकेको हो।
बराबरीसँगै रानीवन ११ खेलबाट आठ अंक जोड्दै १२औं स्थानमा सक्लिएको छ। सातौं स्थानमा रहेको मनोहराको भने ११ खेलबाट १५ अंक पुगेको छ। खेलको ३१औं मिनेटमा सञ्जय श्रेष्ठले गोल गर्दै मनोहरालाई सुरुआती अग्रता दिलाएका थिए।
उक्त अग्रता मनोहराले अन्तिम समयसम्म जोगाउन सकेन। दोस्रो हाफको इन्ज्युरी समय सन्दीपबहादुर सिंहले पेनाल्टीमा गोल गर्दै रानीवनलाई १ अंक दिलाए।