पोखरा। पोखरामा स्वर्णिम एफसीद्वारा आयोजित पहिलो संस्करणको ३५ वर्षभन्दा माथिको भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।
शुक्रबारबाट सुरु भएको ३५ वर्षमाथि उमेर समूहलाई लक्षित गरेर सुरु गरिएको फुटसल प्रतियोगिताको पहिलो दिन क्वार्टरफाइनलका खेलहरु सम्पन्न भएको छ। प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ।
शनिबार सेमिफाइनल र फाइनल हुने छ। भोलिको पहिलो सेमिफाईनल खेल एट टु नाइनले टेन टू इलाबेनसँग खेल्ने छ। दोस्रो सेमिफाइनल खेल
भोलिसम्म सञ्चालन हुने सो प्रतियोगिताको विजेतालाई ६० हजार रुपैयाँका साथमा शिल्ड , मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ।
यस्तै, उपविजेता टोली ३० हजारको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।