इलाम। एन्फा इलाम जिल्ला लिगको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार लिग चरणको खेल सम्पन्न भएसँगै सेमिफाइनल भिड्ने टिम पक्का भएका हुन् ।
शुक्रबार हुने सेमिफाइनल खेलमा रेडहर्स फुटबल क्ल्बले मिलिनय फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम तथा त्रिवेणी युथ क्लबले फ्रेन्डसिप युथ क्लब गोदकसँग खेल्नेछ ।
रेडहर्स टुँडिखेलमा सम्पन्न समूह ए को विजेताको रुपमा र एमएफसी करफोक मैदानमा भएको खेलको समुह बीको बिजेताको सेमिफाइनल पुगेको हो । त्रिवेणी देउमाई नगरपालिकामा भएको समूह बी को विजेताको रुपमा र फ्रेन्डसिप करफोकमा भएको समुह ए को विजेताको रुपमा सेमिफाइनल पुगेका हुन् ।
इलामको ठूलो टुँडिखेलमा संचालित समूह ए को खेलमा क्लब ओएसिस र रेडहर्स फुटबल क्लब विजयी भएका छन् । देउमाईको मंगलबारेस्थित छात्राबास खेलमैदानमा समूह बी को खेलमा त्रिवेणी युथ क्लब विजयी बन्यो ।
क्लब ओएसिसले हेल्लो जस्बिरेमाथि ३–० गोल अन्तरको जित दर्ता गरेको छ । त्यसैगरी रेडहर्सले देउराली स्र्पोटिङ क्लबमाथि १–० गोल अन्तरको जित दर्ता गरेको छ । लिग चरणको खेल सम्पन्न भएसँगै समूह ए बाट ३ जितका साथ ९ अंक बटुल्दै रेडहर्स सेमिफाइनल प्रवेश गरेको छ ।
१ जित, १ बराबरी र १ पराजयसँगै ४ अंकका साथ क्लब ओएसिस दोश्रो बनेको छ । समान अंक भएपनि गोल अन्तरको आधारमा देउराली तेश्रो बनेको छ । समूह ए बाट हेल्लो जस्बिरे रेलिगेसनमा परेको छ ।
देउरालीले रेलिगेसन जोगाउन शनिबार प्लेअफ खेल्नेछ । देउरालीले करफोक मैदानमा भएको प्रतियोगिताको एक टिमसँग रेलिगेसन जोगाउन खेल्ने कोशी प्रदेश फुटबल संघका उपमहासचिव पूर्ण फत्रले जानकारी दिए । उनले देउरालीको प्रतिद्धन्द्धीको बारेमा शुक्रबार टुङ्गो लाग्ने बताए ।
त्यसैगरी समूह बी अन्र्तगत आजको खेलमा माईभ्याली फुटबल क्ल्बलाई २–१ गोल अन्तरले हराउँदै त्रिवेणी ग्रुप च्याम्पियन भएर सेमिफाइनल प्रवेश गरेको छ । सो समुहमा १ जित र १ पराजय भोगेका माईभ्याली ३ अंकका साथ दोश्रो स्थानमा छ । २ खेलमा पराजित हेलिबोध एफसी रेलिगेसनमा परेको छ ।