काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेट लिगको तेस्रो खेल आज (शनिबार) खेल्दैछ ।
ढाकामा हुने खेलमा सन्दीपको टिम सिक्सर्सले ढाका डाइनामिकसंग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ६ बजे सुरु हुनेछ ।
ढाकाविरुद्ध मैदान उत्रदा सन्दीपको टिम सिक्सर्स लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा कोमीला भिक्टोरियन्ससंग पराजित सन्दीपको टिम सिक्सर्सले दोस्रो खेलमा चितागोङ भीकिङसलाई हराएको थियो ।
सन्दीपको टिम सिक्सर्स २ अंक जोडेर पाँचौ स्थानमा छ । ढाका ६ अंक जोडेर शीर्ष स्थानमा छ ।
यस्तै बीपीएलमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीप तेस्रो खेलमा समेत सिक्सर्सको टिममा पर्ने सम्भावना रहेको छ । डेब्यु खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिन सफल भएका थिए । दोस्रो खेलमा भने सन्दीप विकेट बिहिन बने ।सन्दीपले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिए ।