काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले लेबनानमा हुने चारदेशिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
अखिल नेपाल फुटब संघ (एन्फा) प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिता लेबनानले आयोजना गर्ने तय भएको छ ।
‘लेबनानले यसका लागि हाम्रो टोलीलाई पनि निमन्त्रणा पठाइएको छ । हामीले यस प्रतियोगिताको लागि तयारी थालिसकेका छौं,’ उनले भने ।
प्रतियोगिता खेल्ने दुई टोलीका साथै मिति भने लेबनानले नै तय गर्ने उनले बताए ।
यस प्रतियोगिताका लागि राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बुधबार ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।