काठमाडौं । हान्सी फ्लिक बार्सिलोनाका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
स्पेनिस जायन्ट बार्सिलोनाले बायर्न म्युनिखका पूर्व प्रशिक्षक फ्लिकलाई दुई वर्षका लागि नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो ।
फ्लिक गत सेप्टेम्बरमा जर्मनको राष्ट्रिय टिमबाट बर्खास्तमा परेका थिए । गत हप्ता जाभीलाई बर्खास्त गरेको बार्सिलोनाले फ्लिकलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो ।
फ्लिकले सन् २०२० मा बायर्नलाई ट्रेबल उपाधि जिताएका थिए । उनले सो सिजन जर्मन बुन्डेसलिगा सहित जर्मन कप र च्याम्पियन्स लिगको उपाधि बायर्नलाई जिताएका थिए ।
बार्सिलोनाका फरवार्ड रोबर्ट लेवान्डोस्कीले फ्लिकको नेतृत्वमा बायर्नमा दुई सिजन खेलेका थिए ।