काठमाडौं । बुन्डेसलिगा र जर्मन कपमा अपराजित जित हात पारेका बायर लेभरकुजनका खेलाडीको समूह चेक रिपब्लिकको टोलीमा छनोट भएका छन् ।
प्रशिक्षक इभान हासेकले मंगलबार सार्वजनिक गरेको युरोकपको २६ सदस्यीय टोलीमा फरवार्ड प्याट्रिक सिक र एडम हलोजेकसँगै गोलकिपर माटिज कोभास समेटिएका छन् ।
वेस्ट ह्यामका मिडफिल्डर टोमास सौसेकले चेकको कप्तानी सम्हाल्नेछन् । भिक्टोरिया प्लेजेलका मिडफिल्डर लुकास उरभले पहिलो पटक टोलीमा स्थान बनाएका थिए ।
जुन ७ मा अस्ट्रियाको ग्रोडिगमा माल्टासँग र त्यसको तीन दिनपछि चेक शहर हाराडेक क्रालोभमा नर्थ म्यासेडोनियाविरुद्ध दुई अभ्यास खेल खेल्नुअघि चेक टोलीले अस्ट्रियाको श्लेडमिङमा बन्द प्रशिक्षण सञ्चालन गर्नेछ ।
समूह 'एफ' मा रहेको चेक रिपब्लिकले जुन १८ मा पोर्चुगलसँग लाइपजिगमा, जर्जियासँग जुन २२ मा र त्यसको चार दिनपछि ह्याम्बर्गमा टर्कीसँग खेल्नेछ ।
___
चेक रिपब्लिक:
गोलकिपर : जिन्दिच स्टानक (स्लाभिया प्राग), माट्ज कोभाओ (लेभरकुजन), भिट्जस्लाभ जारोस (स्टर्म ग्राज)
डिफेन्डर : भ्लादिमियर कौफल (वेस्ट ह्याम), डेभिड डौडेरा (स्लाभिया प्राग), टोमाको होले (स्लाभिया प्राग), रोबिन हरानाक (भिक्टोरिया प्लेजेइ), लाडिस्लाभ क्रेजेसी (स्पार्टा प्राग), डेभिड जिमा (स्लाभिया प्राग), टोमाएज भिलेक (स्लाभिया प्राग), डेभिड जुरासेक (होफेनहाइम), मार्टिन विटिक (स्पार्टा प्राग)
मिडफिल्डरः टमस सौसेक (वेस्ट ह्याम), मिचेल साडिलेक (ट्वेन्टे), एन्टोनिन बराक (फियोरेन्टिना), लुकास प्रोभोड (स्लाभिया प्राग), ओन्ड्रेज लिंगर (फेयेनोर्ड), भाक्लाभ सेर्नी (वुल्फ्सबर्ग), माटेज जुरासेक (स्लाभिया प्राग), पावेल सुल्क (भिक्टोरिया प्लेजेन), लुकास सेर (भिक्टोरिया प्लेजिन)
फरवार्डः प्याट्रिक सिक (लेभरकुजन), जान कुच्ता (स्पार्टा प्राग), टोमाचोरी (भिक्टोरिया प्लेजिन), मोज्मिर चिटिल (स्लाभिया प्राग), एडम ह्लोजेक (लेभरकुजन)