इलाम। एन्फा इलाम जिल्ला लीगमा माईभ्याली फुटबल क्लब विजयी बनेको छ।
इलामको ठूलो टुँडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो।
सुरुअाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो। खेलको २१ औ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए। सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरी गरे।
दोश्रो हाफको १५ औ मिनेटमा सागर न्यौपानेले पेनाल्टीमार्फत गोल गर्दै माईभ्यालीलाई महत्वपूर्ण ३ अंक दिलाए। बुधबार ठूलो टुँडिखेलमा हेल्लो जस्बिरे र रेडहर्स फुटबल क्लब तथा देउराली स्र्पोटिङ क्लब र क्लब ओएसिस भिडनेछन्।
सोमबारको खेलमा जित निकाल्दै रेडहर्स र देउरालीले समान ३÷३ अंक प्राप्त गरेका छन्। हेल्लो जस्बिरे र क्लब ओएसिस अंकविहिन छन्।
देउमाई नगरपालिकाको छात्राबास खेल मैदानमा हेलिबोध फुटबल क्ल्ब र त्रिवेणी फुटबल क्लब भिडनेछन्। हेलिबोध आजको खेलमा पराजित बनेर अंकविहिन रहँदा त्रिवेणी पहिलो खेल खेल्दैछ।