काठमाडौं । बाराको सिमरामा आयोजना हुने दशौं संस्करणको रुस्लान सिमरा गोल्डकप फुटबलमा १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
माघ ३ गतेबाट सुरु हुने सिमरा गोल्डकपमा सात 'ए' डिभिजन क्लबसहित १० टोलीको सहभागिता रहने आयोजक नव जन जागृति युवा क्लबले जनाएको छ । प्रतियोगिता माघ १२ गतेसम्म चल्नेछ ।
सिमरा रंगशालामा आयोजना हुने प्रतियोगितामा साबिकको विजेता त्रिभुवन आर्मी क्लब, आयोजक नव जन जागृति, सीएमजी संकटा क्लब, एपीएफ क्लब, सरस्वती युथ क्लब, विशाल मेमोरियल फाउन्डेसन बिरगंज, हिमालयन शेर्पा क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब र मकवानपुर -११ रहेका छन् ।
विजेताले ६ लाख नगद पुरस्कार पाउनेछन् । उपविजेता टोलीले ३ लाख पाउने आयोजकले जनाएको छ ।
यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर पाउने छन् । प्रतियोगितामा उत्कृष्ट हुने गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई २०/ २० हजार दिइनेछ । त्यस्तै उदीयमान खेलाडीले १५ हजार पाउने छन्।