काठमाडौँ। अन्तिम समयमा सुग्रित मगरले गोल गरेसँगै शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भू क्लब हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सोमबार सम्पन्न खेलमा स्वयम्भूले खालीबारी युवा क्लबलाई १–१ गोलको बराबरीमा रोकेको हो। १० खेलबाट ११ अंक जोडेको खालीबारी १०औँ स्थानमा छ। समान खेलबाट ७ अंक जोडेको स्वयम्भू १३औँ स्थानमा छ।
खेलको १३औँ मिनेटमा मार्वल सुनारले गोल गरे। तर, खालीबारीले उक्त अग्रता जोगाउन सकेन। दोस्रो हाफको इन्ज्युरी समयको छैटौँ मिनेटमा सुग्रित मगरले गोल गर्दै स्वयम्भूलाई हारबाट जोगाए।