काठमाडौं । बार्सिलोनाले कीर्तिमानी आठपल्टको विजेता ओलम्पिक लियोनलाई बिल्बाओमा हराउँदै महिला च्याम्पियन्स लिगको उपाधि रक्षा गर्न जित्न सफल भएको छ ।
बालोन डी’अर विजेता आइताना बोनमतीले दोस्रो हाफमा गोलकिपर क्रिस्टियन एन्डलरलाई पोस्टनजिक पन्छाउँदै बार्साको लागि खाता खोलेकी थिइन् । पहिलो गोलसँगै खेलमा प्रभुत्व जमाएको बार्साले इन्ज्युरी टाइममा एलेक्सिया पुटेलासको अर्को गोलमा जित सुनिश्चित गरेकी हुन् ।
बार्सिलोनाले लियोनलाई पहिलोपटक हराउँदै सन् २०२२ को फाइनलमा बेहोरेको पराजयको बदला लिदै उपाधि कब्जा गर्न सफल भएको हो । म्यानेजर जोनाटन जिराल्डेजका अनुसार बार्साले खेल आफ्नो कब्जामा नै राख्न सफल थियो तर लियोनको जब्बर डिफेन्ससामु सुरुआती नतिजा निकाल्न गारो परेको थियो ।
यद्यपि क्यारोलिन ग्राहम ह्यान्सनले आफुलाई उत्कृष्ट खेलाडी सावित गर्दै आफ्नो सहकर्मीको लागि मौका बनाएर विपक्षीको रक्षापंक्तिमा दबाब सिर्जना गर्न सफल भइन्।
यता लियोनका म्यानेजर सोनिया बमपास्टरले चेल्सीकी एम्मा हेसलाई प्रतिस्थापन गर्न चर्चा चलिरहेको छ । निकै राम्रा मौका सिर्जना गरेको लियोनको प्रहार क्रसबारमा लागेको थियो । प्रतियोगिताको कीर्तिमानी गोलकर्ता एडा हेगरबर्ग तीघ्राको चोटको कारण बेन्चमै रहँदै अन्तिम १० मिनेटमात्र मैदानमा छिरेकी थिइन् । तर, उनले खेलमा कुनै जादू देखाउन सकिनन् ।
इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडीहरू ब्रोन्ज र कीरा वाल्सले बार्साका लागि स्वर्णपदक जित्नेमा परेका थिए । उनीहरू महिला च्याम्पियन्स लिग तीनपल्ट जित्ने खेलाडी भएका छन् ।
बार्सासामु निकै ठूलो चुनौती थियो। लियोनबाहेक कुनैपनि टिमले आठपटक युरोपेली उपाधि जितेको थिएन । यससँगै स्पेनी टोलीले सम्पूर्ण यूरोपेली फुटबलमा आफ्नो दबदबा कायमै राखेको छ । बार्साले बार्साले आफ्नो परिक्षा चेल्सीसँगको सेमिफाइनलमा दिइसकेको थियो । तर, लियोनविरुद्ध बार्साले अन्त्यमा आफ्नो अग्रता कायम राख्न शारीरिक संघर्ष गर्नुपर्यो ।
बार्सिलोनालाई दुईपटकको बालोन डी’अर विजेता पुटेल्लासको परिचयले उत्प्रेरित गर्यो, जसले हालै मात्र क्लबसँगको सम्झौता विस्तारमा हस्ताक्षर गरेकी थिइन् र उनले आफ्नो टिमलाई फेरि युरोपमा जिताउन मद्दत गर्नको लागि अगाडिको क्रुसिएट लिगामेन्टको चोटबाट पुनः सन्चो भएपछि एक भावनात्मक बर्षलाई समाप्त गरिन्।
बार्साका प्रशिक्षक गिराल्देजको अन्तिम युरोपेली खेल हो, जुन निराशाजनक भएन । उनले अमेरिकी टोली वासिंटन स्पिरिटको जिम्मेवारी लिन लागेका छन् । यद्यपि बार्साका लागि खेल्न अझै दुई लिग खेल बाँकी छन्, उनको जित औसत ९५ प्रतिशत रहेको छ।
गिराल्देजको बार्सिलोना करिअर अत्यन्तै सफल रह्यो । पूर्वप्रशिक्षक लुइस कोर्टेसको सहायकको रूपमा कार्य गर्दै मुख्य प्रशिक्षकको पदभार सम्हाल्दै आफ्नो टोलीलाई लगातार दुई युरोपेली उपाधि जिताए। यो पछिल्लो विजय सफल विदाइको रूपमा रह्यो र बार्सिलोनाका लागि एक प्रभावशाली युगको अन्त्यको संकेत गर्यो किनभने केही खेलाडीहरू साथै प्रशिक्षक पनि यस सिजन परिवर्तन हुन सक्ने सम्भावना छ।
'म धेरै खुसी छु कि हामीले जित्यौं र यो मेरो अन्तिम फाइनल हो। उनीहरूले भने कि मेरो प्रस्थानको समाचारका कारण टोलीको प्रदर्शन घट्नेछ तर त्यसको विपरीत परिणाम आयो ।' गिराल्देजले भने ।
विपक्षी बेन्च लियोनकी प्रशिक्षक बोम्पास्टोर पनि परिवर्तनको तयारीमा छिन् र चाँडै चेल्सी प्रशिक्षक घोषणा हुन सक्नेछिन्। 'यसबारे कुरा गर्ने सही समय होइन', उनले खेलपछि भनिन्, 'म साँच्चै निराश छु र यो नै मेरो लागि मुख्य कुरा हो।'
उनी लियोनमा रहँदा टुरिनमा फ्रेन्च टोलीले बार्सिलोनालाई स्तब्ध तुल्याएको थियो तर उनीहरू बिलबाओमा उत्कृष्ट टोलीद्वारा पराजित भएको छ । यो लियोनको ११औं पटकको फाइनल उपस्थिति हो र उनीहरूले तीमध्ये केवल तीनपल्टमात्रै पराजय बेहोरेको छ । उनीहरू उपविजेताको पदक उठाउँदा निराश देखिएका थिए।
'हामीलाई ठूलो निराशा छ', बोम्पास्टोरले थपिन्, 'हामीले एक फाइनल गुमाएका छौं र यो अहिले कठिन छ। यी क्षणहरूमा तपाईंले बार्सिलोनाले ठूलो खेल खेलेको र विजेता हुन योग्य रहेको स्वीकार्नुपर्ने हुन्छ, यद्यपि यो स्वीकार्न गाह्रो छ। म मेरा खेलाडीहरूका लागि निराश छु किनभने हामीले धेरै मेहनत गर्यौं र यो सिजन नयाँ उपाधि र नयाँ च्याम्पियन्स लिगसँग समाप्त गर्न चाहन्थ्यौं।'