काठमाडौं । राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अन्जन विष्ट चिनियाँ स्पोर्ट्सवेयर ‘३६१ डिग्री’ को ब्रान्ड एम्बासडर बनेका छन् ।
यसका लागि ३६१ डिग्रीको नेपालस्थित आधिकारिक विक्रेता सर्वसिद्धि इम्पेक्स प्रा.लि.ले अन्जनसँग शनिबार तीन वर्षे सम्झौता गरेको हो ।
अन्जन ३६१ डिग्रीले प्रायोजन गरेको पहिलो नेपाली खेलाडी भएका हुन् । उनलाई सम्झौताअनुसार निश्चित रकम र आवश्यक खेल सामाग्री उपलब्ध गराउने सर्वसिद्धि इम्पेक्सका सीईओ सरोज कार्कीले बताए ।
‘अन्जन नेपाली फुटबलका राम्रा खेलाडी हुन् । उनको करिअरलाई थप राम्रो बनाउने अवसरको लागि हामीले साथ दिएका छौं,’ उनले भने ।
नेपाली टिमका मुख्य स्ट्राइकर अन्जनले भने, ‘३६१ डिग्रीसँग ब्रान्ड एम्बासडरको रुपमा सहकार्य गर्न पाउँदा खुशी छु । एकअर्काको साथलाई राम्रो बनाएर अगािड बढ्ने छौं ।’ उनले नेपालका लागि हरि खड्का र नीराजन रायमाझीसँगै कीर्तिमान १३ गोल गरेका छन् ।
उनले अहिले विश्वकप-एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली टिमको प्रशिक्षण चोटको कारण त्यागिसकेका छन् । त्यसैले उनले विश्वकप २०२६ छनोटका बाँकी दुई खेल ९युएई र यमनविरुद्ध० खेल गुमाउने निश्चित भएको छ ।
त्यस्तै, सर्वसिद्धि इम्पेक्सले फुटबल एकेडेमी नेपाललाई पनि खेल सामाग्री प्रदान गर्ने गरी सम्झौता गरेको छ ।