काठमाडौँ। बोलोग्नालाई ऐतिहासिक रूपमा च्याम्पियन्स लिगमा पुर्याएको एक दिनपछि प्रशिक्षक थियागो मोट्टाले क्लब छाडेका छन्।
उनले क्लबलाई आफू युरोपको एलिटमा नफर्कने बताएका छन्। उनले आफ्नो सम्झौता नवीकरण गर्न अस्वीकार गरेको बोलोग्नाले बिहीबार बताएको हो। ४१ वर्षीय मोट्टाले युभेन्ट्स सम्हाल्ने अनुमान गरिएको छ।
‘थियागोले गरेको अविश्वसनीय कामको लागि क्लब धन्यवाद दिन चाहन्छ। उनको क्यारिअरको लागि शुभकामना,’ बोलोग्नाले विज्ञप्तिमा भनेको छ। सेप्टेम्बर २०२२ मा सिनिसा मिहाज्लोभिकलाई प्रतिस्थापन गर्दै उनी क्लबमा आबद्ध भएका थिए।
उनले बोलोग्नालाई यस वर्ष सिरी ‘ए’ मा तेस्रोमा पुर्याए। बोलोग्ना पहिलो पटक च्याम्पियन्स लिगका लागि छनोट गराए। बोलोग्नाको सबैभन्दा ठूलो उपलब्धी सन् १९६४–६५ मा भएको पुरानो युरोपियन कपमा पुग्न थियो। उक्त प्रतियोगिता बोलोग्ना प्रारम्भिक चरणबाटै बाहिरिएको थियो।
सिरी ‘ए’ मा एक राउन्ड बाँकी रहँदा टोली तेस्रो स्थानमा छ। युभेन्ट्ससँग बराबरी र एटलान्टाभन्दा दुई अंकले माथि छ। यी दुई क्लबले पनि एक खेल बाँकी छ।