काठमाडौँ। मार्कस रासफोर्डलाई बाहिर राख्दै इङ्ल्यान्डले युरो कप खेल्ने प्रारम्भिक टोली घोषणा गरेको छ।
म्यानचेस्टर युनाइटेडका स्ट्राइकरले रासफोर्ड यस सिजन इङ्लिस प्रिमियर लिगमा निराशाजन प्रदर्शन गरेका थिए। त्यसैले उनी ग्यारेथ साउथगेटको ३३ सदस्यीय टोलीमा उनी अटाउन सकेनन्।
दुई सिजनअघि उनले क्लब र देशका लागि ३४ गोल गरेका थिए। त्यसपछि उनको प्रदर्शन लगातार खस्किएको छ। यो सिजन उनले युनाइटेडका लागि ७ गोल मात्रै गरेका छन्। उनीसँगै जोर्डन हेन्डरसन र रीस जेम्स पनि टोलीमा अटाएका छैनन्।
इङ्ल्यान्डको टोली
गोलरक्षक : डीन हेन्डरसन (क्रिस्टल प्यालेस), जोर्डन पिकफोर्ड (एभर्टन), आरोन राम्सडेल (आर्सनल), जेम्स ट्राफोर्ड (बर्नली)
डिफेन्डर : जाराड ब्रान्थवेट (एभर्टन), लुइस डंक (ब्राइटन एन्ड होभ अल्बियन), जो गोमेज (लिभरपुल), मार्क गुएही (क्रिस्टल प्यालेस), एज्री कोन्सा (एस्टन भिल्ला), ह्यारी मागुइरे (म्यानचेस्टर युनाइटेड), जेरेल क्वाना (लिभरपुल), ल्यूक श (म्यानचेस्टर युनाइटेड), जोन स्टोन्स (म्यानचेस्टर सिटी), किरन ट्रिपियर (न्यूक्यासल युनाइटेड), काइल वाकर (म्यानचेस्टर सिटी)
मिडफिल्डरः ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड (लिभरपुल), जुड बेलिङ्घम (रियल मड्रिड), कोनोर गालाघर (चेल्सी), कर्टिस जोन्स (लिभरपुल), कोबी मैनू (म्यानचेस्टर युनाइटेड), डेक्लान राइस (आर्सनल), एडम व्हार्टन (क्रिस्टल प्यालेस)
फरवार्ड : जारोड बोवेन (वेस्टह्याम युनाइटेड), इबेरेची इजे (क्रिस्टल प्यालेस), फिल फोडेन (म्यानचेस्टर सिटी), एन्थोनी गोर्डन (न्यूक्यासल युनाइटेड), ज्याक ग्रेलिश (म्यानचेस्टर सिटी), ह्यारी केन (बायर्न म्युनिख), जेम्स म्याडिसन (टोटनह्याम), कोल पामर (चेल्सी), बुकायो साका (आर्सनल), इभान टोनी (ब्रेन्टफोर्ड), ओली वाटकिन्स (एस्टन भिल्ला)