काठमाडौं । लगातार खेलाडी आक्रामणको शृंखलावीच मलेसियाली फूटबल सिजन सुरु हुन लागेको छ । यसरी श्रृङ्खलाबद्ध आक्रमणपछि खेलाडीहरुको सुरक्षामा गम्भीर चुनौती परेको छ ।
गत महिनामात्रै राष्ट्रिय टिमका तीन सदस्य आक्रामणमा परेका थिए, जसले सिजन उद्घाटनको च्यारिटी खेल रद्द हुने सम्भावना बढाएको थियो ।
गत हप्ता एउटा सपिङ मलमा विङ्गर फैसल हलिमलाई एसिड आक्रमण गरी निकै गम्भीर अवस्थामा छाडिएको थियो । प्रहरीले अहिलेसम्म पनि घटनाको सम्बन्ध पत्ता लगाउन सकेका छैनन् । मलेसियन फुटबल संघले उच्च स्तरका खेलाडीहरूलाई अंगरक्षकहरू भर्ती गर्ने लगायतका सावधानी अपनाउन आग्रह गरिसकेको छ ।
राजधानी क्वालालम्पुर नजिकै गत मे ५ मा किनमेल को क्रममा एसिड आक्रामणमा परेका फैसल हलिमलाई गम्भीर घाइते भएका थिए। २५ बर्षिया स्टार विङ्गर फैसलको छालाको शल्यक्रिया गरिएको छ । फुटबल अधिकारीहरूले उनको स्वास्थमा केहि सुधार आएपनि उनलाई उच्च निगरानीमा राखी उपचार भैरहेको जानकारी गराएका छन् । स्थानीय मिडियाका आनुसार प्रहरीले मलमा पक्राउ गरेका व्यक्तिको औंठाछापको परिक्षण गरिएको छ।
अर्को घटनामा ३६ बर्षीया मिडफिल्डर सफिक हरिमलाई हथौडा ९हम्मर० ले प्रहार गरिएको थियो । उक्त घटनामा गाडीको विन्डस्क्रिनले उनलाई बचाएको थियो ।
तेस्रो खेलाडी २६ बर्षीय अखियर रशिदलाई लुटेराहररुले आफ्नै घर बाहिर आक्रमण गरेका थिए । फैसलको क्लब सेलान्गोर एफसीले आफ्नो नाम फिर्ता लिएसँगै सिजनको उद्घाटनको च्यारिटी खेल रद्द हुने भएको भयो ।
-एजेन्सीहरुबाट