काठमाडौँ। मासिमिलियानो एलेग्रीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा युभेन्ट्सले सोमबार सिरी‘ए’ मा बोलोग्नासँग ३–३ गोलको बराबरी खेलेको छ।
इटालियन कपको फाइनल जित्दा रेफ्रीलाई गाली गरेको दुई दिनपछि शुक्रबार एलेग्रीलाई बर्खास्त गरिएको थियो। यू–१९ टोलीका प्रशिक्षक पाब्लो मोन्टेरोलाई युभेन्ट्सका पछिल्ला दुई खेलमा अन्तरिम प्रशिक्षकमा नियुक्त गरिएको छ।
गोल अन्तरका आधारमा बोलोग्ना तेस्रो र चौथो स्थानमा रहेको युभेन्टसले अर्को सिजन च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।
रिकार्डो क्यालाफियोरीको दुई र सान्टियागो थोमस क्यास्ट्रोको एक गोलसँगै बोलोग्नाले ३–० को अग्रता लिएको थियो। तर, युभेन्ट्सले निर्धारित समय सकिन १४ मिनेट बाँकी छँदा फेडेरिको चिसाको गोलबाट पुनरागमन शुरू गरेको थियो। ८३औँ मिनेटमा अर्काडियस मिलिकले गोल गर्दै युभेन्ट्सलाई २–१ को स्थितिमा ल्याए।
त्यसको एक मिनेटपछि नै मिलिकले फ्रिकिकबाट प्रहार गरेको बललाई १९ वर्षीय फरवार्ड केनान यिल्दिजले गोलमा परिणत गर्दै युभेन्ट्सलाई हारबाट जोगाए।