काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भू क्लब र रानीवन स्पोर्ट्स क्लब बराबरीमा रोकिएका छन्।
एन्फा कम्प्लेक्समामा सोमबार सम्पन्न दोस्रो खेलमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरी खेल्दै दुवै टोली अंक बाँड्न बाध्य बने।
बराबरीसँगै स्वयम्भू ९ खेलबाट ६ अंकका साथ १३औँ स्थानमा छ। समान खेलबाट रानीवन ७ अंकसहित १२औँ स्थानमा छ।
सोमबार नै सम्पन्न पहिलो खेलमा स्पोर्ट्स एकेडेमी साँगामाथि पुल्चोक स्पोर्ट्स क्लबले ५-१ को सहज जित हासिल गरेको थियो।