काठमाडौँ। सिरब लो तामाङको दुई गोलप्रेरित पुल्चोक स्पोर्ट्स क्लब शहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न दिनको पहिलो खेलमा पुल्चोकले स्पोर्ट्स एकेडेमी साँगालाई ५–१ गोल अन्तरले पराजित गरेको हो।
जितसँगै शीर्ष स्थानमा उक्लिएको पुल्चोकले ९ खेलमा १९ अंक जोडेको छ। आरसी–३२ सँग अंक बराबरी भए पनि पुल्चोक गोल अन्तरमा अगाडि रहेको छ। पराजित साँगा समान खेलबाट १२ अंक जोड्दै सातौँ स्थानमा छ।
खेलको १५औँ मिनेटमा सागर थिङको गोलमार्फत पुल्चोकले शुरूआती अग्रता लिएको थियो। २६औँ मिनेटपछि सिरबले टोलीको अग्रता दोब्बर बनाए।
४६औँ मिनेटमा सुमन श्रेष्ठले गोल गर्दा पुल्चोकले ३–० को अग्रता लिएको थियो। ८०औँ मिनेटमा विश्वास बीसीले गोल गर्दै पुल्चोकको अग्रता ४–० मा पुर्याए।
त्यसको दुई मिनेटपछि साँगाका विकाश परियारले गरेको गोल गरे। खेलको अन्तिम मिनेटमा सिरबले व्यक्तिगत दोस्रो गोल तथा टोलीका लागि पाँचौँ गोल गर्दै पुल्चोकलाई सहज जित दिलाए।