काठमाडौँ। इङ्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको आर्सनलले पहिलो हाफमा बराबरी खेलेको छ।
एमिरेट्स स्टेडियममा जारी खेलमा आर्सनलले पहिलो हाफ पाहुना टोली एभर्टनसँग १-१ गोलको बराबरी खेलेको हो।
खेलको ४०औँ मिनेटमा इड्रिसा गण गुएएले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए।
तर, त्यसको तीन मिनेटपछि नै मार्टिन ओडेगार्डको पासमा ताकेहिरो तोमियासुले गोल गर्दै खेल बराबरीमा ल्याए।
अर्को खेलमा लिग लिडर म्यानचेस्टर सिटीले वेस्टह्यामविरुद्ध २-१ गोल अन्तरको अग्रता लिएको छ।