काठमाडौँ। इङ्लिस प्रिमियर लिगको उपाधिनजिक रहेको म्यानचेस्टर सिटीले पहिलो हाफमा एक गोलको अग्रता लिएको छ।
इतिहाद स्टेडियममा जारी खेलमा घरेलु टोली पहिलो हाफको समाप्तिमा वेस्टह्यामविरुद्ध २-१ गोल अन्तरले अगाडि रहेको छ।
यही नतिजालाई कायम राख्नसके सिटीले ९१ अंकसहित लगातार चौथो पटक प्रिमियर लिगको उपाधि उचाल्ने छ।
खेलको दोस्रो मिनेटमै फिल फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले बर्नार्डो सिल्भाको पासमा गोल गरे।
१८औँ मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता २-० मा पुर्याएका थिए। तर, ४२औँ मिनेटमा मोहम्मद कुदुसले गोल गर्दै वेस्टह्यामलाई २-१ को स्थितिमा ल्याए।