काठमाडौँ। प्रशिक्षक रोबर्टो डी जेर्बीले सिजनको अन्त्यसँगै इङ्लिस प्रिमियर क्लब ब्राइटन छाड्ने भएका छन्।
प्रिमियर लिगको अन्तिम खेलमा ब्राइटनले आइतबार म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दै छ। उक्त खेलपछि जेर्बीले क्लब छाड्ने घोषणा गरेका हुन्।
‘यो सिजन चार वटा ठूला प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाएनौँ। तर, मैले प्रिमियर लिगमा दुई वर्ष काम गर्दा निकै रमाइलो गरेको छु,’ उनले भनेका छन्,‘अहिले ब्राइटन छाड्दा भविष्यको योजनाबारे निर्णय गर्नुअघि मलाई विश्राम लिने समय मिल्ने छ।’
३७ खेलबाट ४८ अंक जोडेको ब्राइटनल अंक तालिकामा १०औँ स्थानमा रहेको छ। जर्मन क्लब बायर्न म्युनिख र इटालियन क्लब युभेन्टस प्रशिक्षकको खोजीमा रहेका छन्। ४४ वर्षीय इटालियन प्रशिक्षकको सम्भावित क्लब यी दुई हुन सक्छ।