काठमाडौँ। बायर्न म्युनिखको सिजनको अन्तिम खेलमा जर्मनीका मिडफिल्डर अलेक्जेन्डर पावलोभिच घाइते भएका छन्।
बायर्नको बुन्डेसलिगाअन्तर्गत होफेनहाइममा शनिबार सम्पन खेलको ३४औँ मिनेटमा २० वर्षीय मिडफिल्डर घाइते भएका हुन्। उनलाई लोभ्रो ज्वोनारेकले प्रतिस्थापन गरेका थिए।
युरोपियन च्याम्पियनसिपका लागि जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले प्रारम्भिक टोलीमा बिहीबार पाभ्लोभिकसहित २७ खेलाडीको नाम समावेश गरेका छन्।
जुन १४ देखि जुलाई १४ सम्म जर्मनीले आयोजना गर्न लागेको प्रतियोगिताका लागि बायर्नका लियोन गोरेट्ज्कालाई नजरअन्दाज गर्दै नागेल्सम्यानले पाभ्लोभिचलाई छनोट गरेका थिए।